युवा अभियान परिवर्तनका लागि मतदान

हाम्रो सम्झने र बुझ्ने उमेर भएदेखि यता नै देशमा थुप्रै राजनीतिक परिवर्तन भइसकेका छन् । करिव–करिव हाम्रो जन्मसँगै सुरु भएको सशस्त्र संघर्षको अन्त्य देखि, २४० वर्ष लामो राजनन्त्रको अन्त्य भइ गणतन्त्र स्थापनासम्म र संविधानसभाको निर्वाचन देखि संविधान निमार्णसम्मका घटनाक्रमहरुको हामी साक्षी छौ । तर राजनीतिक परिवर्तनसँगै विकासको गतिको जुन लय हाम्रो देशले पक्रन पर्ने हो त्यो पक्कै पनि समात्न सकेको छैन । विगत एक दशकमा देखिएको राजनीतक संक्रमणकालमा नेपालका राजनीतिक दलहरुले जुन किसिमको सौहाद्रता देखाउन पर्ने हो त्यसको ठीक विपरित………