कोही किन बदलियोस् मेरा लागि

कोही किन पक्रियोस मेरो हात र मिलाओस् मेरो गतिसँगै आफ्नो गति

कोही किन बद्लियोस् आफ्नो भाका र मिलाओस् मेरो सुरसँगै आफ्नो सुर

म मेरा स्वार्थहरुसँग अर्काको स्वतन्त्रता कसरी बाँड्न सक्छु र

मेरा निरस ओठहरुसँग म कसैको मुस्कान कसरी साट्न सक्छु र

सफेद मान्छेहरु

म अझै सम्झन्छु
सेतै पोतिएको हाम्रो स्कुलको भित्ता
म सानो छँदा
मेरो दाइले भन्नुहुन्थ्यो
सरस्वतीलाई मन पर्ने रङ सेतो हो अरे
सायद बालकहरुको मन पनि सेतै हुन्छ क्यारे
सफेद क्यानभासमा जस्तो पोतिन्छन् रङहरु
ऊ त्यस्तै भएर त रङ्गिदिन्छ