कुरुप वक्षस्थल

जुन हलुका किसिमले प्रश्नहरु उड्दै आउछन् सायद त्यति नै गह्रुङ्गो जवाफको तिनले माग गरिरहेका हुन्छन् । जवाफको कठोरता र त्यसको वजनको हामीलाई सहजै अन्दाज पनि नहुँदो रहेछ । कारुणिक सत्य र तीतो यर्थाथको भारी उठाउन पक्कै पनि सजिलो कहाँ हुन्छ र ।
ग्रामीण सुन्दरता त अभाव र पीडाका बिच पनि झल्कने मुस्कान र व्यस्तताका माझ पनि गुञ्जने भाकामा भेटिन्छ । नदि झैँ निर्मल, हिमाल झैँ कञ्चन, आकाश झैँ अनन्त र सागर झैँ विशाल ।

धान, संविधान र समृद्धि 

केही दिन अघि मात्रै हामीले संविधान दिवस मनायौँ । वर्षौँ देखि जनताको प्रत्येक्ष सहभागितामा संविधान बनाउने सपना पूरा भएको पनि वर्ष दिन भएको छ। जुन जटिलताहरु पार गर्दै यो संविधान निर्माण भएको थियो त्यति नै चूनौतिहरु यसको कार्यन्वयनको क्रममा देखा परिरहेका छन् र देखा परिरहनेछन् । निजी स्वार्थहरुलाई किनारा लगाइ देश र जनताको हितलाई केन्दविन्दुमा राखी छिटो भन्दा छिटो असन्तुष्ट पक्षलाई सम्बोधन गरि संविधानको उचित कार्यन्वयन गर्नू नै अहिलेको नेतृत्व र सम्पूर्ण राजनीतिक दलहरुको बुद्दिमानी ठहरिनेछ । यो कुरालाई वेवास्ता गरिए देश अझै संक्रमणको भूमरीमा कतिञ्जेल घुमिरहने हो यसै भन्न सकिन्न ।